सिरहाको मालपोत कार्यालयमा बम बिस्फोट हुँदा तीन जना घाइते, स्थानीयहरु तित्तरवित्तर

सिरहा,पुष ७ । आज शुक्रबार दिउँसो सिरहा जिल्लाको मालपोत कार्यालयमा बम बिस्फोट भएको छ । अज्ञात समूहलेगरेको विष्फोटमा परी तीन जना घाइते भएका छन् तर, कस्ले बम बिस्फोट गर्यो भन्ने पत्ता लागेको छैन ।

 

विष्फोट दिउँसो करिब २ बजेको समयमा भएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएको छ । विष्फोटमा परी लेखापढी व्यवसायी संघका पवन पासमन, राजकुमार पासमन र रोसन पासमन घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

हाल घाइते तीनै जनाको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसरी दिउँसै बम विष्फोटनको घटना घटेपछि सिरहावासी त्रसित मात्र भएका छैनन् तित्तर वित्तर भएका छन् । घटना पछि सिरहा सदरमुकाम सिरहाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले बताएको छ ।
भने घटनास्थलमा सुरक्षाकर्मीले अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *