तरुणदल सुनसरीद्वारा बाढी पीडितलाई राहत वितरण


भाद्र ४, सुनसरी । बाढी पहिरोबाट पीडित केराबारी गाउँ पालिका ४ का घरपरिवारलाई नेपाल तरुण दल सुनसरीले राहत सामग्री वितरण गरेको छ । सोमबार बिस्थापितहरु भएको ठाउँमा पुगेर तरुण दल सुनसरीले राहत वितरण गरेको हो ।

तरुण दल सुनसरीका उपाध्यक्ष तथा नेपाली काङग्रेसका महाधिवेशन प्रतिनिधि सन्तोष बिकको नेतृत्वमा गएको टोलीले उक्त क्षेत्रबा बाढी पहिरो प्रभावित जनतालाई राहत वितरण गरेको हो । सो स्थानका खोलाघारी तथा छ बोटेका २३ घर परिवारलाई तरुण दलले चामल, त्रिपाल, झुल, तन्ना र मासु वितरण गरेको तरुण दल सुनसरीका उपाध्यक्ष सन्तोष विकले बताए । ‘प्राकृतिक विपत्तिमा परेका जनतालाई आफ्नो क्षेत्रबाट थोरै भए पनि राहत दिन सहयोग गरेका हौँ ।’ उपाध्यक्ष विकले भने । विस्तापितहरुलाई उपलब्ध गराइएको चामल तारा राई, त्रिपाल तथा झुल मनिष कोइराला, तन्ना सिजन गुरुङ र मासु प्रह्हाद लिम्बुले उपलब्ध गराएका थिए ।

यसैगरी तरुण दल सुनसरीले बाढिबाट विस्थापित इटहरी उप-महानगरपालिका वडा नम्बर १० र १३ का  बरगाछी टोलमा ३०७ जोर लत्ता कपडा वितरण गरेको थियो । भने, सोही वार्डको शिवनारायण टोलमा उच्च गुणस्तरिय १०० थान त्रिपाल वितरण गरेको थियो ।  वडा नम्बर १३ का २० घर परिवारलार्इ २० थान उच्च गुणस्तरीय त्रिपाल तथा २० थान झुल वितरण गरिएको थियो ।

इटहरी वडा २० पानीपिया, वडा नम्बर ५ अन्तर्गतको पचरुकी टोल मल्लिक टोल , वडा नम्बर १७ र भोक्राहामा समेत अति प्रभावित बाढी पीडितलाई  खाद्यान्न,त्रिपाल र लत्ताकपडा समेत वितरण गरिएको तरुण दल सुनसरीले जनाएको छ ।

तरुण दलले बाढी पहिरो पीडितहरुको उद्धार गर्न र राहत सहयोग गर्न ‘सबै जिल्ला एक तरुण एक राहत अभियान’को तरुण दलले बाढी पहिरो पीडितहरुको उद्धार गर्न र राहत सहयोग गर्न ‘सबै जिल्ला एक तरुण एक राहत अभियान’को थालनी गरेको थियो । अभियान अनुसार तरुण दल सुनसरीले पनि जिल्लाका बाढी पिडितहरुको लागी राहत संकलन, वितरण अभियानलाई तिब्रता दिएको छ ।

साउन २७ गते आएको बाढीले इटहरी, इनरुवा, दुहबी लगायतका क्षेत्रका घर बगाउनुको साथै १२ जनाको मृत्यु भएपछि पिडितको राहतको लागी अभियान संञ्चालन गरिएको तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले बताए । बढी प्रभाबित क्षेत्रको रुपमा रहेको इटहरीका बिभिन्न वडाका करिब १५ सय पिडित परिवारको लागी अभियान थालिएको अध्यक्ष गुरुङले बताए ।

राहत कार्यक्रममा स्वास्थ्य शिविर, निशुल्क औषधी, खाना खुवाउने लगायतका काम गर्ने बताइएको छ । यस्तै पिडितहरुको घर पूनंनिर्माणको लागी त्रिपाल र लगायतका सामग्री पनि वितरण गरिएको छ । तरुण दलले बाढी प्रभाबित क्षेत्रमा दुई हजार युवा परिचालन गरी घर पूनंनिर्माणको लागी श्रमदान पनि गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *