नयाँ बन्ने सरकारमा माओवादीलाई गृह र कांग्रेसलाई अर्थ मन्त्रालय

नयाँ बन्ने सरकारका लागि भागबन्दा हुन थालिसकेकाे छ । नयाँ बन्ने सरकारमा गृहमन्त्रालय माओवादी केन्द्रले लिने भएको छ भने अर्थ मन्त्रालय नेपाली कांग्रेसले लिने भएको छ ।

नेकपा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको बन्ने सरकारमा अन्य मन्त्रालयको भागवण्डा हुन भने बाँकी नै छ । कांग्रेस नेता रमेश लेखकले अर्थ र गृहबारे सहमति भइसकेको बताएका छन् ।

 सम्भवतः आज बिहीबार राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि संसदलाई आह्वान गर्नेछिन् ।  त्यस लगतै संसदले आफ्नो प्रक्रिया थाल्नेछ ।

यदि भरतपुर काण्डलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरेन भने २१ गतेसम्म प्रधानमन्त्रीको चुनाव गरिसक्ने सत्तारुढ दलको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *