सरकारमा १५ जना राज्यमन्त्री थप

काठमाडौं, भदौ ६ । नेपाली कांग्रेसको तर्फबाट १२ र लोकतान्त्रिक फोरमका ३ गरि सरकारमा १५ जना राज्यमन्त्री थपिएका छन् । ती राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ ।

कांग्रेसले शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर विष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्रिन, सरिता प्रसाईं, अमरसिंह पुन र तेजुलाल चौधरीलाई राज्यमन्त्री बनाउन सिफारिस गरेको थियो । सबैलाई जिम्मेवारी तोकेर प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल बिस्तार गर्नुभएको छ ।

सरिता प्रसाईकृषि बिकास, अमरसिंह पुन सिचाईं, तेजुलाल चौधरी युवा तथा खेलकुद, दिलमान प्राखिन कानुन, अब्दुल रज्जाक खानेपानी तथा सरसफाइ, शेषनाथ अधिकारी शिक्षा, सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात, नरबहादुर चन्द वाणिज्य राज्यमन्त्री बन्नुभएको छ ।
तप्त बहादुर बिष्ट सूचना तथा सञ्चार, उदय शमशेर राणा अर्थ, डिल्ली बहादुर चौधरी श्रम तथा रोजगार र चम्पादेबी खड्का सहकारी तथा गरिबि निवारण राज्यमन्त्री बन्नुभएको छ । यसै गरी लोकतान्त्रिक फोरमबाट राज्यमन्त्री हुनेमा जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा लामा रहेका छन् । देउवा नेतृत्वको सरकार अब ४९ सदस्यीय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *