विदेशका अस्पतालमा रहेका नेपालीप्रति सरकार गैरजिम्मेवार : मसाल

काठमाडौं, माघ २० । वैदेशिक रोजगारीका लागि गएका नेपालीहरु बिरामी भएर तथा दुर्घटनामा परेर अस्पताल भर्ना भएका समाचारहरुप्रति नेकपा(मसाल)ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

मसालका प्रवक्ता रामप्रकाश पुरीले एक वक्तब्य जारी गर्दै कतारमा कतिपय नेपालीहरु कोमामा रहेका, उनहिरुको उपचार तथा स्वदेश फर्कने व्यवस्था समेत नहुँदा धेरै नै कष्टको सामना गर्नुपरिरहेको भन्दै सरकारको गैरजिम्मेवार नीतिप्रति आलोचना गरेका छन् ।

‘रोजगारका लागि कतारमा गएका कतिपय नेपालीहरू कैंयौँ वर्षदेखि त्यहाँका विभिन्न अस्पतालहरूका कोमामा रहेको समाचारहरू सार्वजनिक भएका छन् । उनीहरूको उपचार र स्वदेश फर्कने व्यवस्था समेत नहुँदा उनीहरूले धेरै कष्टको जीवन बिताउन परिरहेको छ । यससम्बन्धी नेपाल सरकारले अपनाएको व्यवहारले आफ्ना नागरिक प्रतिको गैर– जिम्मेवार नीतिलाई बताउँछ ।’ वक्तव्यमा भनिएको छ, ‘विदेशमा कुनै नेपाली दुर्घटनामा पर्दा विरामी वा मृत्यु समेत हुँदा उनीहरूका अन्तर्राष्ट्रिय मानवीय कानूनले व्यवस्था गरेका अधिकारहरूलाई सुरक्षित गर्न पहल गर्नु नेपाल सरकारको दायित्व हुन्छ । त्यसकारण कतार स्थित पीडित नेपालीहरूको उपचार र स्वदेशमा फर्कन समेत आवश्यक व्यवस्था मिलाउन ने.क.पा. (मसाल)ले नेपाल सरकारसित माग गर्दछ ।’

यस्तै, पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिले उपभोक्ताहरुले चर्काे भाडादर र महंगी ब्यहोर्नुपर्ने भन्दै मुल्यवृद्धि फिर्ता लिन पनि मसालले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eighteen =