झापाको बाह्रदशी गाउँपालिकामा काँग्रेस विजयी

काँकडभिट्टा (झापा), २१ असार । मध्य झापाको बाह्रदशी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेका छन् । अध्यक्षमा खड्गप्रसाद राजवंशी (५५३९ मत) र उपाध्यक्ष पदमा रत्ना राजवंशी (५४५३ मत) ले विजयी हुनुभएको हो । अध्यक्ष पदमा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण पाठकले ५१११ र उपाध्यक्ष पदमा एमालेकै गौरादेवी धमलाले ५२५६ मत ल्याउनुभएको थियो ।

झापाका १५ वटा स्थानीय तहमध्ये ६ वटाको परिणाम आइसकेको छ । जसमध्ये तीनवटा गाउँपालिका हल्दिबारी, केचनकवल र गौरीगन्जमा राष्ट्रिय प्रजातन्त्र पार्टी, कनकाई नगरपालिकामा नेकपा एमाले, कमल गाउँपालिकामा नेकपा एमाले र झापा गाउँपालिका र बाह्रशीमा गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

बाँकी रहेका मेचीनगर, दमक, भद्रपुर, विर्तामोड, शिवसताक्षी र अर्जुनधारा नगरपालिका र वुद्धशान्ति गाउँपालिकामा नेकपा एमाले अगाडिे छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *