हट नायिका नगरिसलार्इ साधारण भूमिकामा काम गर्ने इच्छा

एजेन्सी । बलिउडमा नगरिस फखरीलाइ हट नायिकाको रूपमा चिनिन्छ । आफ्नो फोटो सुटदेखि चलचित्रको पर्दामा नगरिस जवानी सो गर्न माहिर छिन् । तर, नरगिस आफूलाई यस्तो भूमिका मन नपर्ने बताउँछिन् ।

एक फेशन सोमा सहभागी भएकी नगरिसले भारतीय मिडियासँग कुरा गर्दै भनिन्-‘ मलाइ साधारण भूमिकामा काम गर्न मन लाग्छ । यस्तो खालका भूमिकाका लागि तयार हुन पनि लामो समय लाग्दैन । मलाइ ग्ल्यामर विहिन भूमिकामा काम गर्न मन लाग्छ ।’

आफू न्यूयोर्कबाट बलिउडमा आएकाले पनि आफूलाई मन परेका पहिरन आफूले लगाउने गरेको नगरिसले बताएकी छिन् । उनले आफूलाई जीममा लगाउने गरेका पहिरन लगाउँदा सहज हुने गरेको पनि स्पष्ट पारिन् ।

बलिउडमा केही वर्षदेखि सक्रिय भए पनि नगरिस खासै सफल छैनन् । तर, उनले यति बेला आफूले केही नयाँ काम गरिरहेको समेत सुनाइन् । उनले आफूलाई सधैँ एउटै कुरामा मात्र सीमित राख्न नचाहेको पनि स्पष्ट पारिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *