‘निमुखालाई न्याय र विपन्नलाई आय’

ललितपुर, ६ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाललाई समृद्धिका लागि भ्रष्टाचार रोक्नु आवश्यक रहेको बताउनुभएको छ । गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरद्वारा आज यहाँ आयोजित स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा उहाँले भ्रष्टाचारका कारण समाजमा विकृति बढ्दै गएको र राजनीतिक क्षेत्रमा समेत अस्थिरता आएको बताउनुभयो ।

उहाँले राजनीति तथा पार्टीप्रति राम्रो आस्था बनाउन राजनीतिकर्मीले सही व्यवहार गरिनुपर्नेमा जोड दिनुभयो । ‘निमुखालाई न्याय र विपन्नलाई आय’ प्रदान गर्न नै काँग्रेसले प्रजातान्त्रिक समाजवादको सिद्धान्त अवलम्बन गरेको नेता पौडेलको कथन छ । उहाँले देशभित्र नै रोजगारी, शिक्षा र स्वास्थ्यको विकास गरिनु अति आवश्यक रहेको पनि बताउनुभयो ।

अस्पतालले प्रदान गर्दैआएको सेवालाई देशभरि नै विस्तार गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । सो अस्पताल एक सय श्यया क्षमताको रहेको छ । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ऐनकानुनको अभावले स्थानीय तहमा काम गर्न कठिन भएको उल्लेख गर्नुभयो । उहाँले जनप्रतिनिधिले स्वतन्त्र रुपले काम गरिनुपर्नेमा जोड दिनुभयो । अस्पतालका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले स्थानीय तहको सहयोगमा अस्पतालले सेवा विस्तार गरिने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *