बेलायत काँग्रेस भित्रको गुट उपगुट भत्काउन पौडेलको उम्मेदवारी

२२ अगष्ट, बेलायत । नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति बेलायत, (एनपीसीसी) को आसन्न महाधिवेशनका लागि सह–महामन्त्री पदमा उपेन्द्र पौडेलले उम्मेदवारी दिने भएका छन् । आउँदो सेप्टेम्बर १७ मा हुन लागेको महाधिवेशनमा पौडेलले आफ्नो उम्मेदवारी दाबी गरेका हुन् ।

नेपालमा चितवन रामपुर स्थायी घर भई एक दशकदेखि बेलायतमा बसोबास गर्दै आएका छन् । उनी व्यावसायिक क्षेत्रमा जति सक्रिय छन्, बेलायती नेपाली माझ सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । प्रवासी नेपालीहरूलाई जुनसुकै सहयोग गर्न तत्पर पौडेलले आफ्नो उम्मेदवारी पनि प्रवासी नेपालीको हक अधिकार संस्थागत गर्दै जनसम्पर्क समितिलाई सबै नेपालीको साझा संस्था बनाउन रहेको बताएका छन् ।

पौडेल नेपालमा चितवन एड ट्रस्ट (क्याट यूके) को कार्य समिति सदस्य समेत हुन । पौडेलले नेपालमा बालकुमारी क्लेज चितवनको नेबिसँघ सदस्य र नेपाली काँग्रेसको क्रियाशील सदस्य भई सक्रिय रूपमा काम गरिसकेका छन् । उनी जनआन्दोलन ६२/६३ मा चितवन क्षेत्र नं. ४ को युवा परिचालन संयोजक भएर काम गरिसकेका व्यक्ति पनि हुन् । साथै उनी जनआन्दोलनका घाइते समेत हुन् । नेपाली जनसम्पर्क समितिमा युवाहरूको नेतृत्वको आवश्यक्ता देखेर आफूले उम्मेदवारी दाबी गरेको पौडेलले बताए ।

युवा नेतृत्वले मात्रै बेलायतमा छरिएर बसेका प्रजातान्त्रिक धारका नेपालीहरूलाई एकजुट बनाउन सक्छ भन्ने पौडेलको भनाइ छ । बेलायत काँग्रेस भित्र देखिएका गुट उपगुटलाई भत्काएर एउटा मात्रै सिङ्गो जनसम्पर्क समिति बनाउन आफूले उम्मद्वारी दिएको पौडेलको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *