क्यान्सरपीडित सनम बचाउ अभियान

ईलाम, भदौ ६ ।  फोक्सोको क्यान्सरबाट पीडित बनेका इलाम देउमाई नगरपालिका–८ का सनम पुलामी मगरको उपचारका लागि चन्दाबाट १० हजार रकम संकलन भएको छ ।

अभियान किन ?
-मुटु र फोक्सोको बिमारीले आजित बनेका सनमलाई घरको आर्थिक स्थिति कमजोर भएपछि इलाम नगरपालिका र सूर्योदय नगरपालिकाबाट रकम संकलन गरिएको हो ।
-सनमका छिमेकी सुशान्त चापागाईंका अनुसार उपचारका लागि  १० लाख लाग्ने र उपचार खर्च जुटाउन समस्या भएकाले ‘सनम पुलामी मगर बचाउ अभियान’ नै सञ्चालन गरेर सहयोग संकलन गर्न थालिएको हो ।

मुटु र फोक्सोमा समस्या 
अठार वर्षीय सनमको मुटु र फोक्सोको समस्या एकैचोटी देखिएको र मुटुको शल्यक्रिया गर्दैमा मात्र चार लाख खर्च भइसकेको सुशान्तले बताए । सुशान्तका अनुसार इलाम नगरपालिका र अन्य क्षेत्रमा पनि रकम संकलन गर्ने योजना रहेको छ ।

फोक्सोको क्यान्सर
कक्षा–१० मा पढ्दै गरेका सनमको मुटुमा एक्कासि समस्या देखिएको र अस्पतालमा जाँच गर्दा फोक्सोको क्यान्सर भएको पत्ता लागेको थियो । सनमको भरतपुरको क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *