राप्रपाको बैठक बस्दै, ह्वीप नमान्ने सांसदलाई कारवाही गर्ने


“
काठमाडौं, भदौ ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ह्वीप नमान्ने सांसदहरुलाई कारवाही गर्ने भएको छ । आज बैठक बसि राप्रपाले संशोधन विधेयकको विपक्षमा भोट हाल्न तथा मतदान प्रक्रियामा अनिवार्य उपस्थित हुनह्वीप जारी गरेपनि ३७ मध्ये १८ सांसदले त्यसको उल्लंघन गरेपछि कारबाहीको तयारी गरेको हो ।
राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले ह्वीप बमोजिम १९ सांसदले संशोधन विधेयकको विपक्षमा भोट हालेको बताउँदै ह्वीप नमान्नेको सम्बन्धमा निर्णय गर्न आज बिहान केन्द्रीय कार्यसम्पादन तथा संसदीय दलको संयुक्त बैठक बोलाइएको बोलाइएको जानकारी दिनुभयो । आजको बैठकबाट ती सांसदहरुलाई निष्काशन सम्मको कारबाही गर्ने तयारी गरिएको छ ।
आज संशोधन विधेयक निणायार्थ प्रस्तुत हुँदा संसद बैठकमा अनुपस्थित भएका १८ सांसद पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा लागेको बुझिएको छ । राप्रपाको बिहान सम्पन्न संसदीय दलको बैठकले संशोधनको विपक्षमा मत हाल्न सांसदहरुलाई ह्वीप जारी गरेको थियो ।
“
