विनाविभागीय मन्त्रीलाई प्रधानमन्त्री कार्यालयमा कुर्सी र सोफा
२०७४ जेठ १५ गते

काठमाडौं, कात्तिक १ । प्रधानमन्त्रीले जिम्मेवारीविहीन बनाएपछि माओवादीका मन्त्री र राज्यमन्त्रीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने व्यवस्था मिलाइएको छ ।
‘मन्त्रीज्यूहरुलाई प्रधानमन्त्रीको सचिवालयमा बस्ने व्यवस्था मिलाइएको छ,’ मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले भने, ‘१० जना मन्त्रीका लागि प्रधानमन्त्रीको कार्यालयमा व्यवस्था गरिएको छ ।’
राज्यमन्त्रीलाई भने अर्को व्यवस्था नभएसम्म प्रधानमन्त्री कार्यालयको बैठक हलमा बस्ने व्यवस्था गरिएको छ ।
मुख्यसचिव क्षेत्रीले विनाविभागीय बनाइए पनि माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु मन्त्रिपरिषद बैठकमा सहभागी हुन सक्ने बताए ।
उनले विनाविभागीय मन्त्रीलाई मन्त्रिपरिषदमा छलफल हुने एजेन्डा पठाइने बताए ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








