रुनीले गरे ऐतिहासिक गोल, प्रिमियर लिगमा २०० गोल गर्ने दोस्रो खेलाडी

काठमाडौं, भदौ ६ ।  १३ वर्षपछि पुरानै क्लब एभर्टनमा फर्केका वायन रुनीले इंग्लिश प्रिमियर लिगमा २०० गोल पुर्‍याएका छन् ।

प्रिमियर लिगमा २०० गोल गर्ने उनी दोस्रो खेलाडी हुन् । प्रिमियर लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी एलन शियरर हुन् । उनले लिगमा २६० गोल गरेका थिए ।

एभर्टनको घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग सोमबार राति भएको खेलमा रुनीले गोल गर्दै अग्रता दिलाएका थिए ।सिटीका लागि रहिम स्टर्लिङले गोल गर्दै बराबरी गरेका थिए ।

पछिल्लो समयमा वायन रुनी फर्ममा नभएको भन्दै आलोचना हुने गरेको थियो । तर  सोमबारको प्रदर्शनले भने उनी अझै फर्ममा रहेको विश्लेषकहरुको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *