१२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख ५५ हजारको बजेट


जेठ १७ काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । सरकारले चालु खर्चका लागि ८ खर्ब ३ अर्ब ५३ करोड, पुँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब २७ करोड र वित्तीय खर्चतर्फ १ खर्ब ४० अर्ब २८ करोड छुट्याएको छ ।
चालु खर्चतर्फ कुल बजेटको ६२.८ प्रतिशत, पुँजीतर्फ २६.२ प्रतिशत र वित्तीय तर्फ ११ प्रतिशत बजेट विनियोजन भएको छ। यसका लागि सरकारले राजस्वबाट ७ खर्ब ३० अर्ब, साँवा फिर्ताबाट १५ अर्ब, वैदेशिक अनुदानबाट ७२ अर्ब १६ करोड जुटाउने छ । बाहिरी ऋणबाट २ खर्ब १४ करोड जुटाइने भएको छ र बाँकी रकम चालु आवमा बचतमा रहेको नगद मौज्दातबाट जुटाइने छ ।
स्थानिय तहका लागि पहिलो पटक एकमुष्ठ रुपमा २ खर्ब २५ अर्ब ५ करोड ४५ लाख रुपैयाँ बिनियोजन गरिएको छ। स्थानिय तहअन्तर्गत गाउँपालिकाको लागि १० देखि ३९ करोड रुपैयाँ, नगरपालिकाको लागि १५ देखि ४३ करोड रुपैयाँ र महानगरपालिकाको लागि ५६ करोडदेखि एक अर्ब २४ करोड रुपैयाँसम्म बजेट विनियोजन गरेको अर्थमन्त्रीले बताए ।
बजेटको पूर्ण पाठ








