कालिकोटमा १ महिनामा ३ हजार ८ सय ५९ मतदाता थपिए

कालिकोट, भदौ ५ । कालिकोटमा ३ हजार ८ सय ५९ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय कालिकाटले जिल्लामा रहेको नौ वटै स्थानीय तहमा पुगेर मतदाता नामावली संकलन गर्ने क्रममा ३ हजार ८ सय ५९ जना मतदाता थप भएको जिल्ला निर्वाचन अधिकारि मणिराम भट्रराईले जानकारी दिनु भएको छ ।

कालिकोटका नौ वटै स्थानिय तहमा संकलित नामवली अनुसार १ हजार ८ सय ३० महिला र २ हजार २९ पुरुष गरि जम्मा ३ हजार ८ सय ५९ जना मतदाता थपिएका हुन् । सवैभन्दा वढि कार्यलय वाहेक राष्कोट नगर पालिकामा ५ सय र सवै भन्दा कम शान्नि त्रिवेणि गाउ पालिकामा ५५ मात्र मतदाता थपिएको छ ।गाउँमा नेपाली नागरिकता नभएका कारण मतदाता हुनबाट छुटेकाहरुका लागि स्थानिय तहमा नै पुगेर नागरिकता समेत बितरण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *