शेयरमा गिरावट, बीमा समूह सबैभन्दा उच्च ७५ अंकले झर्‍यो

काठमाडौं, भदौ ५ । सोमबार पनि शेयर बजारमा गिरावट आयो । बजार परिसूचक नेप्से ६ दशमलव ४ अंकले झरेर १६ सय ११ मा आएर थामियो ।

कारोबार भएका अधिकांशजसो समूहमा गिरावट आयो । अन्य समूह नगन्य अंकले हरियो रहे बाहेक अरु सबै समूह ओरालो लागेका हुन् । बीमा समूह सबैभन्दा उच्च ७५ अंकले झर्यो ।

उत्पादनमूलक समूहमा पनि दोहोरो अंकको कमी आउँदा अरु समूह सामान्य अंकले रातो रहे ।

यस दिन कारोबार पनि औसत दिनमा तुलनामा खुम्चियो । यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५४ कम्पनीको २७ लाख बराबर कित्ता शेयर ५२ करोड २० लाख रुपैयाँमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *