ओस्कार अवार्डका लागि ‘सेतो सूर्य’ छनोट

भदौ ५, काठमाडौँ । ओस्कार अवार्ड–२०१८ अन्तर्गत विदेशी भाषा विधाका लागि नेपालबाट फिल्म सेतो सूर्य छनोट भएको छ । ओस्कारका लागि दुई फिल्म सेतो सूर्य र बिजुली मेसिन मध्य सोसियल ड्रामा सेतो सूर्य छानिएको हो । नेपालका लागि अोस्कर चयन समितिले सामाजिक विषयमा आधारित फिल्म चयन गरेको हो । फिल्ममा जनयुद्धको प्रभाव, जातीय विभेद, पारिवारिक विभाजन, राजनीतिक असरलाई देखाइएको छ । प्रतिस्पर्धामा रहेको अर्को फिल्म बिजुली मेसिन भने साइन्स फिक्शन जनराको थियो । जुन नेपाली फिल्म क्षेत्रका लागि नयाँ प्रयोग हो ।

सन् २०१६ मा प्रदर्शन भएको सेतो सूर्यलाई दीपक रौनियारले लेखन तथा निर्देशन गरेका हुन् । सोसियो पोलिटिकल ड्राममा दयाहाङ राई, रबिन्द्र सिंह बानियाँ लगायतको अभिनय रहेको छ । ८८ मिनेट लामो फिल्म सेतो सूर्यले फ्रिवर्ग फिल्म अवार्डमा मात्र ४ विधामा अवार्ड हात पारेको थियो । यस्तै, पाल्म स्प्रिङ फिल्म महोत्सवमा ग्रान्ड जुरी अवार्ड, भेनिस फिल्म फेस्टिभलमा इन्टरफिल्म र बेस्ट गरी दुई अवार्ड र सिंगापूर फिल्म फेस्टिभलमा बेस्ट एसियन फिल्म अवार्ड हात पारेको थियो ।

नेपाली फिल्म चयन समितिमा लक्ष्मीनाथ शर्मा, राजेन्द्र सलभ, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, भरतकुमार शाक्य र प्रदिपकुमार उपाध्याय रहेका छन्। सेतो सूर्यको सहभागिता रहने ९० औं संस्करणको अोस्कर कार्यक्रम २०१७ को ११ सेप्टेम्बरमा सुरु भएर सन् २०१८ को ४ मार्चमा सक्किनेछ । अन्तिम कार्यक्रम क्लालिफोर्नियामा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *