बोल्ड र बिन्दास कंगना कसरी बनिन् अभिनेत्री ?

फिल्मी करियरको पूवार्द्ध कति दुखदायी थियो भन्ने कुरा खुलाउँदै कंगना रनवतले एउटा किस्सा सुनाएकी छिन्, ‘सुरुवाती दिनमा मलाई एउटा फिल्ममा काम मिलेको थियो, जुन एडल्ट जस्तै थियो ।’ यस्तो खुलासा उनले एक टेलिभिजन अन्र्तवार्तामा गरेकी हुन् । कंगनाले सुनाएकी छिन्, ‘साइन गरेपछि फोटोशुटमा लगियो । त्यहाँ मलाई लगाउनका लागि एउटा पहिरन दिइयो, जो भित्र पुरै खुला थियो । त्यहाँको माहाेल ब्लु फिल्मको सुटिङ जस्तै थियो ।’

करियरका लागि संघर्ष गर्दा-गर्दै थाकेकी कंगना कसरी यौनजन्य फिल्ममा काम गर्न तम्सिइन् ? कथा मार्मिक छ । जतिसुकै प्रयास गरेपनि उनले कुनै फिल्म पाएकी थिइनन् । त्यही झोंकमा एउटा फिल्ममा साइन गरिन्, जुन फिल्म सि ग्रेडको फिल्म थियो । ब्लु फिल्मकी हिरोइन जस्तै आफुलाई पेश गर्नुपर्छ भन्ने उनलाई थाहा थियो तर उनी विवश थिइन् ।

अंग्रेजी बोल्न नजानेपछि

सुरुवाती दिनहरु सम्झदै कंगनाले भनेकी छिन्, ‘यस उद्योगको मान्छेहरु चाहन्छन् कि, मेराे बोल्ने हक छैन र म कुनै अनावश्यक चिज हुँ । मलाई थाहा थियो कि, मलार्इ राम्ररी अंग्रेजी बोल्न आउँदैन । त्यसैले मान्छेले मेरो मजाक उडाउथे ।’

अंग्रेजी भाषामा पोख्त नभएकै कारण फिल्मबाट रिजेक्ट भएको तितो अनुभव  उनी सुनाउछिन ।

जब ग्याङस्टार मिल्यो

फिल्ममा शीर्ष भूमिका खोज्ने र हिरोको भन्दा बढी पारिश्रमिक लिने बलिउड अभिनेत्री कंगना रनवतको जीवन-कथा फिल्मी शैलीको छ । उनले करियरको पूर्वाद्धमा अनेक उतार-चढाव झेलिन् । त्यही बेला उनले एडल्ट फिल्ममा काम गर्ने निर्णय लिएकी थिइन तर सुखद संयोग मान्नुपर्छ, ठीक त्यही बेला उनलाई अनुराग बासुले निर्देशन गर्ने फिल्म ग्याङस्टारमा मौका मिल्यो । उनी तुरुन्तै ग्याङस्टारका लागि राजी भइन् र सि ग्रेडको फिल्म छाडिन् । उनले एडल्ट फिल्मका निर्देशकको नाम भने गोप्य राखेकी छिन् ।

उनले अभिनय गरेको पहिलो थ्रिलर फिल्म ग्याङस्टार, जो २००६ मा सार्वजनिक भएकाे थियो, त्यसले उनलाई फिल्मफेयर बेस्ट फिमेल डेब्यु अवार्ड दिलायो । त्यसपछि उनले लम्हे, लाइफ इन अमेट्रो, वान्स अपन अ टाइम इन मुम्बई, फैशन, तनु वेड्स मनु जस्ता सुपरहिट फिल्ममा अभिनय गरिन् ।

कसरी बनिन् अभिनेत्री ?

कंगना आफ्नो करियरको बारेमा स्पष्ट थिइनन् । के बन्ने भन्ने कुनै टुंगो थिएन । त्यही क्रममा उनी एलिड मोडलिङ नामक मोडलिङ एजेन्सीको सम्पर्कमा आइन् तर कंगनालाई मोडलिङले मन छाेएन । मोडलिङ भन्दा उनलाई अभिनय उचित लाग्यो । अन्ततः अस्मिता थिएटर ग्रुपमा भर्ना भइन्, अभिनय गर्ने मनोकांक्षाका साथ । नाटक खेल्न थालिन् । उनको अभिनय रुचाइयो । मुम्बईको एक स्कुलबाट नाटक अभियनको तालिम लिइन् । नाटकबाट उनी फिल्ममा प्रवेश गरेकी हुन्, ग्याङस्टारबाट ।

अनि बनिन् ‘क्विन’

कंगनाले उपमा पाएकी छिन्, बलिउड क्विन । खासगरी फिल्म क्विनबाट उनको करियरको दोस्रो अध्याय सुरु हुन्छ । त्यस फिल्मबाट उनले राष्ट्रिय सम्मान देखि, सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड सम्म पाइन् । क्विन मात्र होइन, रिभोल्वर रानीमा गरेको सानदार प्रस्तुतीले समेत उसको ख्याती अग्लियो ।

 बोल्ड र बिन्दास कंगना बलिउडका यस्ती अभिनेत्री हुन्, जो खुलस्त छिन् । कुनै कुरा नलुकाउने उनी त्यही प्रवृत्तिको कारण कहिले कहिं लफडामा पनि फस्छिन् । मैले अस्विकार गरेकी थिएँ, त्यही कारण प्रियंका चोपडालाई सबै अवार्ड मिल्यो भन्ने जस्ता अभिव्यक्ति दिने उनी भारतिय समाजको कटु आलोचना गर्न समेत पछि पर्दैनन् ।

कुनै गडफादर विना नै बलिउडमा आफुलाई टिकाउन र बिकाउन सफल उनी कहिल्यै बिहे नगर्ने भन्दै कसम खाएर पनि चर्चामा आएकी थिइन् । कहिले आफ्नो खराब अंग्रेजी सुधार्ने त कहिले कामकै बीचमा स्त्रिप्ट राइटिङ कोर्सका लागि न्युर्योक गएको कुराले पनि उनी गसिपको पात्र बनिन् । आखिर जे भएपनि उनको फिल्मी उपस्थिती भने निकै दर्बिलो छ ।

हटेस्ट भेजिटेरियन

कंगना स्वामी विवेकानन्दकी भक्त हुन् । उनी ध्यानमा निकै रुची राख्छिन् । शाकाहार छिन् । एक सर्वेक्षणमा उनलाई भारतको सबैभन्दा हटेस्ट भेजिटेरियनको सूचीमा राखिएको थियो ।

बिवादित क्विन

–    कंगना जतिबेला संघर्षको चरणमा थिइन्, त्यसबेला आदित्य पन्चोलीले उनलाई सहयोग गरेका थिए तर पछि कंगना र आदित्य बीच विवाद भयो । रक्सीको नसामा आदित्यले आफ्नो यौनला लुट्न खोजेको कंगनाले आरोप लगाएकी थिइन् ।

–    कंगनाको कथित पूर्व प्रेमी शेखर सुमनको छोरो अध्ययन सुमनलाई छाडा गाली गर्ने, थप्पड हान्ने, ज्योतिष कहाँ जाने, कालो जादु गर्ने जस्ता आरोप लगाएका थिइन् ।

–    हृतिक रोशनसँगको उनको विवाद अझै सुल्झिएको छैन । एक मिडियाको प्रश्नमा कंगनाले हृतिकलाई गाली गरेकी थिइन् ।

पारिवारिक जीवन

कंगना रनवतको जन्म राजपूत परिवारमा २३ मार्च १९८६ मा हिमाचल प्रदेशको मन्दी जिल्ला स्थित भाम्बला गाउँमा भएको हो । उनका माता आशा एक स्कुलका शिक्षिका थिइन् भने पिता अमरदीप व्यापारी थिए । भाम्बलाको प्राचिन घरमै उनको पालन पोषण भयो । उनको बालापन सामन्य थियो ।

बिद्रोह र जिद्दी

जब उनी ठूली भइन्, तब बिद्रोह र जिद्दी स्वभावकी थिइन् । उनको अनुसार यदि आफ्ना पिताजीले भाईका लागि प्लाष्टिक गन ल्याइदिन्थे र उनको लागि सानो गुडिया तब उनी यसलाई स्विकार गर्दैनथिन । भाई र आफु बीच भएको भेदभाव उनलाई मन पर्दैनथ्यो ।

स्कुले जीवनमा उनी चिकित्सक बन्न चाहन्थे, मातापिताले चाहे जस्तै तर १२ को केमेस्ट्रीको युनिट टेस्टमा फेल भएपछि उनको इच्छा बदलियो । यतिबेला कंगना १६ बर्षकी थिइन् । उनी दिल्ली आइन् तर दिल्ली पुगेपछि के बन्ने भन्ने कुरामा उनले लक्ष्य बनाउन सकेकी थिइनन् । अचानक फेला परेको मोडलिग एजेन्सीबाट उनी ग्ल्यामर क्षेत्रमा प्रवेश गरिन् ।

निरन्तरको प्रयासले उनी बलिउडमा आफ्नो स्थान सुरक्षित गर्न सक्षम भइन् । कंगनाको मातापिता वा सन्तान फिल्ममा छैनन् । उनी आफ्नी बहिनी रंगोली रनवतसँग मुम्बाईमा बस्छिन् । बहिनी रंगोलीमाथि २००६ मा एसिड अट्याक्ट भएको थियो । कंगना बर्षमा एक पटक आफ्नो जन्मथलो पुग्छिन् ।

लभ-अफेयर

कंगना रनवतको लभ अफेयरको सूची धेरै लामो छ । बलिउडमा पाइला राख्दै गर्दा उनको नाम आदित्य पंचोलीसँग जोडियो । आदित्यले कंगनाको लागि एउटा घर समेत खरिद गरेका थिए । तर, पछि उनीहरुबीच दुरी बढ्यो ।

त्यसपछि कंगना अभिनेता शेखर सुमनको छोरा अध्ययन सुमनसँग नजिकिइन् । तर, उनीहरुको सम्बन्धमा पनि पूर्ण विराम लाग्यो ।

अभिनेता अजय देवगनसँग समेत कंगनाको नाम जोडिएको छ । उनीहरुले वान्स अपन अ टाइम इन मुम्बईमा साथै काम गरेका थिए । कंगनाले एक अन्र्तवार्तामा भनेकी थिइन्, बिवाहितसँग सम्बन्ध गाँस्नु मेरो लागि भुल थियो ।

त्यसपछि उनको नाम जोडियो, हृतिक रोशनसँग । उनीहरु क्रिस-३ मा एकसाथ काम गरेकी थिइन् । यसका साथै कंगनाको नाम बि्रटिश अभिनेता निकोलस ल्यफरटीसँग पनि जोडियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 8 =