पशुपति शम्शेर राणाको सपना तुहियो, कमल थापाको खुच्चिङ

काठमाडौँ, भदौँ ६ । बुढेसकालमा पार्टी मर्ज गरेर नौँ महिनासम्म पार्टीलाई साथ दिए पश्चात् फुटेर राप्रपा प्रजातान्त्रिक पार्टी खोल्न लागेका पशुपति शम्शेर राणाको सपना साकार नहुने भएको छ । नयाँ दल दर्ता गर्नका लागि निर्वाचन आयोगले भदौ चार गतेसम्मको म्याद दिएपनि राणले अहिलेसम्म दल दर्ता प्रक्रियाको कार्य अघि बढाउन सकेका छैनन् । यससँगै नयाँ पार्टी खोल्ने उनको सपना तुषारापात लागेको हो ।

आयोगले भदौँ ४ गते अपराह्न पाँच बजेसम्म नयाँ दल दर्ताका लागि समय सीमा तोकेको थियो । तर, उक्त समयसीमाभित्र पनि राणाले ४० प्रतिशत केन्द्रीय सदस्यहरूको नामावली सनाखत गर्न नसकेपछि पार्टी दर्ता नहुने आयोगको निष्कर्ष छ । यसअघि आयोगमै पुगेर थप समय माग गरेका राणाले आयोगमै सांसदहरुल्याएर नामवली सनाखत गराउने घुर्की दिएका थिए । आफूसँग ५१ प्रतिशत केन्द्रीय सदस्यहरू रहेको बताउँने उनले हिजो अपराह्नसम्म कुनै सदस्यहरूको नामावली आयोगसँग बुझाएका छैनन् । उता, आयोगले समयमा कोही पनि उपस्थित नभएको अयोगले सूचना प्रकाशित गरेको छ । यससँगै नयाँ दल राप्रपा प्रजातान्त्रिक दर्ता नहुने सम्भावना बढेको छ ।

तर, राणा समूहका एक नेताले जानकारी गराएअनुसार सदस्यहरूको नामवली सङ्कलन भइरहेको बताइएको छ । आयोगले दिएको समय सीमा सकिएपनि उनीहरूले नयाँ दल दर्ता प्रक्रियाका लागि कुनै कार्य अघि बढाएका छैनन् । उता, कलल थाापा पक्षका नेताहरू नयाँ दल दर्ता गर्न फलामको चिउरा चपाउनुपर्छ भन्दै खुच्चिङ मारिरहेका छन् । यससँगै कमल थापाको अध्यक्षतामा सम्पन्न राप्रपाको केन्द्रीय समितिको बैठकले संविधान संशोधनको विपक्षमा मत हाल्ने निर्णय समेत गरेको छ ।

आफ्नो पार्टी फुटाउन सरकारले लागेको भन्दै त्यसको पैचो फर्काउन आफूहरूले संशोधनका विपक्षमा मतदान गर्ने भएका हुन् । नयाँ दल राप्रपा प्रजातान्त्रिक दल दर्ता नभएपछि संशोधन प्रस्ताव विषयमा झनै समस्या पर्ने देखिएको छ भने राणा समूहले संविधान संशोधनको पक्षमा मत हाल्ने बताएइको छ । हाल कमल थापा पक्षमा १५ सांसद रहेका छन् भने राणा पक्षसँग १९ सांसद रहेको राणा पक्षको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *