नेपालमा आजबाट इम्बोस्ड नम्बर प्लेटको सुरुवात

भाद्र ५, काठमाडौं । सोमबार अर्थात आज देखि औपचारिक रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गरिनेछ । अाज भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिरबहादुर बलायरले इम्बोस्ड नम्बर प्लेटको उद्घाटन गरेका हुन् । सोमबार विहान विभागमा अयोजित कार्यक्रममा मन्त्री बलायरले नम्बर प्लेटको उद्घाटन गरेका हुन् । ‘नेपाललाई प्रविधि मैत्री मनाउने अभियानको सुरुवात इम्बोस्ड नम्बर प्लेट हो,’ मन्त्री बलायरले भने ।

नेपालमा लामो प्रयास पछि यो सफलता पाएकोले सबै सवारीमा छिटो भन्दा छिटो इम्बोस्ड नम्बर प्लेट जडान गर्ने दाबी मन्त्री बलायरले गरे । हाल नेपालमा २५ लाख सवारी संचालनमा रहेको छ । २५ लाख सवारीमा पाँच वर्ष भित्र इम्बोस्ड नम्बर प्लेट जडान हुने मन्त्री बलायरले जानकारी दिए । पछिलो चरणमा सरकारी गाडीमा इम्बोस्ट नम्बर प्लेट जडान हुने विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए ।

पाँच वर्षभित्र देशभरका सबै सवारी साधनमा इम्बोस्ड नम्बर जडानका लागि अनुमति पाएको बंगलादेश र अमेरिकन संयुक्त कम्पनी डेकाटोर टाइगरले नम्बर प्लेट जडानका लागि सबै काम सकिसकेको महानिर्देशक भट्टराईले बताए ।

गत साता मन्त्रिपरिषद्को बैठकले इम्बोस्ड नम्बर प्लेटको लागत स्वीकृत गरेपछि यातायात व्यवस्था विभागले भदौ सोमबार देखि औपचारिक रुपमा इम्बोस्ड नम्बर प्लेट लागू गरेको हो । अब मोटरसाइकल तथा स्कुटर धनीले इम्बोस्ड नम्बर जडानमा २ हजार ५ सय सय रुपैयाँ खर्च गर्नुपर्ने छ । यसैगरी कार र जिप तथा भ्यान तथा ट्र्याक्टरले ३ हजार २ सय र यस बाहेकका सबै प्रकारका ठूला सवारी साधनमा सवारी धनीले इम्बोस्ड नम्बर जडान गर्दा ३ हजार ६ सय रुपैयाँ खर्चनु पर्नेछ ।

अर्थ मन्त्रालयले लागत स्वीकृत गरे पनि मन्त्रिपरिषद्बाट स्वीकृत नहुँदा केही ढिलाइ भएको थियो । इम्बोस्ड नम्बर प्लेटको लागत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिफारिस गरे अनुसार नै स्वीकृत भएकोे हो ।

यसरी ट्रर्याकिङ हुन्छ ‘इम्बोस्ड’ नम्बर प्लेटमा

एउटा सवारीसाधनमा अगाडि र पछाडि दुई ठाउँमा इम्बोस्ड नम्बर प्लेट जडान हुन्छ । त्यही प्लेटमा प्रयोग भएको स्टिकरलाई ‘आरएफआईडी स्टिकर’ भनिन्छ । यही स्टिकरलाई आरएफआईडी ट्रर्याकिङ गेटमा प्रयोग भएको ‘रेडियो फ्रिक्वेन्सी आइडन्टिफिकेसन डिभाइस’ ले क्याप्चर गरेर सम्पूर्ण विवरण हेर्ने हो ।

यसका माध्यमबाट सवारीसाधन कहाँ बनेको, कसको सवारीसाधन हो, कसले प्रयोग गरिरहेको छ, कुन ठाउँको कहाँ पुगेको छ, जस्ता सबै तथ्य यातायात व्यवस्था विभाग कार्यालय अथवा ट्राफिक कक्षमा बसेर थाहा पाउन सकिन्छ ।

सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट प्रयोग गरिसकेपछि ५ देखि १० वर्षसम्म परिवर्तन गर्नु नपर्ने हुन्छ । परिवर्तन गर्नु परेमा प्लेट कसेको लक नै काट्नुपर्ने हुन्छ । सवारीसाधन दुर्घटनामा परेर टुट्फुट भएमा मात्र प्लेट परिर्वतन गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *