अमेरिकी युद्धपोत दुर्घटना, १० सैनिक बेपत्ता

सिंगापुर, भदौ ५ । अमेरिकी नौसेनाको एक युद्धपोत दुर्घटना भएको छ । सिंगापुर नजिकै समुद्री क्षेत्रमा तेलवाहक जहाजसँग ठोक्किएर उक्त युद्धपोत दुर्घटना भएको बताइएको छ ।

स्थानीय समयअनुसार सोमबार बिहान भएको सो दुर्घटनामा १० अमेरिकी नौसैनिक बेपत्ता भएको र पाँचजना घाइते भएको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका छन् ।

प्रारम्भिक सूचनाका अनुसार लाइबेरियाली झण्डा भएको इन्धनवाहक जहाजसँग अमेरिकी नौसेनाको युद्धपोत ठोक्किएको हो ।

दुई महिना यता अमेरिकी युद्धपोत दुर्घटना भएको यो दोस्रो पटक हो । दुई महिनाअघि अमेरिकी युद्धपोत एउटा मालवाहक जहाजसँग ठोक्किदा सात नौसैनिकको मृत्यु भएको थियो । (एजेन्सी)”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *