लागूऔषधको कारोबार सेयरतिर

काठमाडौं, भदौ ५ । पुतलीसडकस्थित प्रिमो सेक्युरिटिजबाट गत वर्षको भदौ १४ मा करिब ५७ लाख रुपैयाँको सेयर खरिद भयो । विभिन्न ३ कम्पनीका झन्डै ५ हजार कित्ता सेयर ५३८९५ ग्राहक नम्बर उल्लेख गरी पुष्पा अग्रवालको नाममा खरिद भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेड उच्च स्रोतले बतायो । गत वर्षको असार २ देखि असोज २७ गतेसम्म पुतलीसडकको त्यही ब्रोकर कम्पनीबाट २ करोड ७८ लाख रुपैयाँको सेयर खरिद भएको छ । ग्राहक नम्बर ५२११० उल्लेख गरिएको उक्त सेयर श्रुति अग्रवालको नाममा खरिद भएको छ ।

स्टक एक्सचेन्जबाट भएको कारोबारको अभिलेख पछ्याउँदै जाँदा केही महिनाअघि चर्चामा रहेको विवादास्पद लागूऔषध प्रकरणमा मुछिएको औषधि कम्पनीको नाम भेटियो । प्रिमो सेक्युरिटिजबाटै एसआर ड्रग ल्याबरोटरीले २०७२ चैतदेखि २०७३ असारसम्म विभिन्न कारोबार गरेको देखिन्छ । उसले दुईवटा बिमा कम्पनीको ५६ सय कित्ता सेयर बेचेर झन्डै एक करोड रुपैयाँ आर्जन गरेको स्टक एक्सचेन्ज स्रोतबाट प्राप्त अभिलेखमा देखिन्छ ।

लागूऔषध अनुसन्धान ब्युरोका अनुसार औषधि बनाउने भन्दै नेपाल भित्र्याइएको प्रिक्रसर केमिकल्स लागूऔषध कारोबारीलाई बेचेर औषधि उत्पादक कम्पनीहरूले चार अर्बभन्दा धेरै अवैध आर्जन गरेको देखिन्छ, कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *