गौरादह र तरहरामा एनआईसी एसिया बैङ्कको शाखा विस्तार

कार्तिक २०, काठमाडाैं । एन आई सी एसिया बैङ्कले दुर्इ नयाँ शाखाहरु विस्तार गरेकाे छ । गौरादह नगरपालिका वडा नं. ०३, झापा र ईटहरी उप– महानगरपालिका वडा नं २०, तरहरा सुनसरीमा आज एक समारोहका बिच समुद्घाटन गरियाे ।

गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहबाट गौरादह शाखाको र ईटहरी उप– महानगरपालिकाका मेयर द्वारिकलाल चौधारीबाट तरहरा शाखाको समुद्घाटन सम्पन्न भएको थियो ।

शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एसिया बैङ्क निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लिखित २ शाखाको समुद्घाटनसँगै हाल यस बैङ्कले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकहरूलार्इ सेवा प्रदान गर्दै अाइरहेकाे छ ।

बैङ्कले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको समेत जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *