बाँझो जमिन उपयोग गर्ने विद्यार्थी ‘किसान’ !

दधिराम खतिवडा

पचासौँ रोपनी बाँझो जमिनको भू–उपयोग गर्दै ग्रामीण व्यावसायिक कृषिक्रान्तिमा लागेका परिश्रमी एवंम् बौद्धिक युवा कृष्ण प्रसाद खतिवडाले ‘गरे के असम्भव हुन्छ’भन्ने कुराको प्रमाणित गरेका छन् । ओखलढुंगा,चिसंखुगढी गाउँपालिका–७ गोगनेका उनी केही वर्ष अगाडी देखि ग्रामीण व्यावसायिक कृषि मावैज्ञानिक तवरबाट सक्रिय रहेका छन् । उन्नत जातका केरा, खोर्सानी, च्याउ, रुद्राक्ष, सुन्तला, वोधिचित्त, अम्रिसो लगायतका विभिन्न प्रजातिका उत्पादनमूलक नगदेवाली करिब २० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाएका छन् । राम्रो उत्पादनमूखी अवस्थामा रहेको आधुनिक कृषिव्य वसाय सन्चालक खतिवडाले स्थानीय केहीलाई मौसमी रोजगारी समेत दिलाएका छन् ।

स्थानीय स्तरमा प्राप्त कच्चापदार्थ श्रोत साधनबाट प्राङगारिक मलको सहायताले बिषादीरहित हाईजेनिक उत्पादनको सुरुवात गरेको च्याउ व्यवसायले स्थानीय स्तरमा राम्रो खपत, र तयारी वस्तु तथा सेवा जिल्लाका आसपासमा बजारीकरण गर्ने गरेका छन् । विभिन्न जिल्लामा सन्चालित व्यावसायिक कृषि फर्महरुका औपचारिक भ्रमणबाट तथा कृषि सम्बन्धी विभिन्न ज्ञान अनुभव र तालिमप्राप्त गरेका उनले समग्रमा सबै उत्पादनबाट वार्षिक ५०,००० हजार सम्म आम्दानी गर्ने गरेका छन् । यसका साथै फुर्सदको समयमा जिल्ला सदरमुकाम बसेर निजामती सेवामा प्रवेश गर्ने इच्छाका साथ बृहत् ढङगले लोक सेवा आयोगको परीक्षाको तयारीमा समेत लाग्ने गर्छन् । विद्यार्थी, कृषि,एवंम् राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । उनी पार्टीको स्थानीय राजनीति तथा समाजसेवी र ग्रामीण विकासमा समेत प्रभावकारी भूमिका खेलेका छन् ।

व्यवस्थापनमा स्नातक तहको शैक्षिक उपाधि प्राप्त गरेका उनी भन्छन् “शारिरीक श्रम गर्न लाज, अप्ठ्यारो मान्नु हुँदैन राम्रो आय आर्जन हुन्छ । समाजमा पढेका मान्छेले के यस्तो काम गरेको भन्ने बराला युवाहरुलाई श्रमको सम्मान गर्न सिक, विदेश गएर तेस्रो दर्जाको काम गर्नुभन्दा ग्रामीण क्षेत्रमै परिश्रम गर्दा इज्जत हुन्छ ।” परम्परागत जिविकोपार्जनका हिसाबले गरिने ग्रामीण कृषि व्यावसाय, तुलनात्मक रुपले कम उत्पादन हुने, श्रमको पारिश्रमिक न्यून हुने अनि बढ्दो वैदेशिक रोजगारीका आकर्षणले श्रमशक्तिको अभावमा अधिकांश उत्पादन योग्य जमिन बाझो पल्टिन गएको बेमौसमी वर्षा, प्रकोप र जलवायु परिवर्तनले कृषि उत्पादन (मकै, कोदो, गहुँ) न्यून भएको केवल जिवीकोपार्जन मात्र भएकोले व्यावसायिक उत्पादनमुखी कृषि क्रान्तितर्फ लागेको उनको भनाइ छ ।

सिजनअनुसार जिल्ला कृषिविकास कार्यालय र अन्य विभिन्न ठाउँबाट अनेक प्रजातिका विरुवाहरु आयात गरेर वर्षेनीथप्ने गरेको बताए । पछिल्लो समय अभ्यासरत मौरी पालनमासमेत सक्रिय रहेका उनले मौरी बाट उत्पादित मह औषधीका रूपमा प्रयोग हुने भएकाले माग बढेको र राम्रो बजार आकर्षण भएको दाबी गर्छन् । प्राविधिक ज्ञान लिएर ग्रामीण क्षेत्रमै परिश्रम गरे विदेश भन्दा कम आयश्रोत नहुने, ग्रामीण विकास र रूपान्तरणमा सहयोग पुग्ने अर्थतन्त्र समृद्ध हुने र नेपाली श्रम शक्तिले मरुभूमी हराभरा बनाउनुको सटटा आफ्नो मुलुकगाउ ठाउँमा परिश्रम गर्न विदेशिएका युवाहरूलाई आग्रह गर्छन् ।

जिविकोपार्जन परम्परागत कृषि प्रणाली छोडेर आधुनिक व्यावसायिक कृषि क्रान्तितर्फ लाग्न ग्रामीण आम जनमानसमा चेतनाको वृक्षारोपण समेत गने गरेका छन् । उनी भन्छन्,‘हाल अनुभवको चरणमा उत्पादोन्नमुख कृषि प्रणाली छ पछि विभिन्न निकायबाट अनुदान, प्राविधिक ज्ञान प्राप्तगर्न सकिन्छ र उत्पादनमूखी व्यवसायमा स्तरोन्नती गर्न सकिन्छ ।’ बौद्धिक तथा व्यवहारिक रूपले परिपक्वा खतिवडा वैज्ञानिक ग्रामीण कृषि क्रान्ति तथा व्यवसायिकरणतर्फ तल्लिन उनी एक सफल उद्यमीको उपमा पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *