वेष्ट इन्डिज विरुद्ध इग्ल्याण्ड भारी अन्तरले विजयी

एजेन्सी । वेष्ट इन्डिज विरुद्धको पहिलो टेष्टमा इग्ल्याण्ड एक इनिङ र दुई सय नौ रनको भारी अन्तरले विजयी भएको छ । इग्ल्याण्डमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले पहिलो पारिमा पाच सय १४ रन बनाएको थियो । उसका लागि पूर्व कप्तान तथा ओपनर एलेस्टर कुकले दोहोरो सतक बनाए । चार सय सात बल खेलेका कुकले दुई सय ४३ रन बनाएका थिए । त्यस क्रममा उनले ३३ चौका प्रहार गरेका थिए । यस्तै, कप्तान जोय रुटले एक सय ३६ रन जोडे ।

जवाफमा वेष्ट इन्डिज पहिलो पारिमा मात्र एक सय ६८ रनमा अलआउट हुँदै फलोअनमा पर्यो । भने, उसका लागि ब्ल्याकहुडले ७९ रन बनाउनु बाहेक बाकी खेलाडीले राम्रो खेल्न सकेनन् । फलोअनमा परेपछि पुन ब्याटिङमा आएको वेष्ट इन्डिज दोस्रो पारिमा पनि मात्र एक सय ३७ रनमा अलआउट भएपछि इग्ल्याण्ड भारी अन्तरले विजयी भयो । दोस्रो पारिमा वेष्ट इन्डिजका कुनै पनि खेलाडीले ५० रन कटाउन सकेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *