पश्चिम नेपाल विकासको बाटो खुल्योः देउवा

काठमाडौं, भदौ १५ । प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरको महाकाली नदीमा पुल र दोधारा चाँदनीमा निर्माण हुने सुख्खा वन्दरगाहले पश्चिम नेपालको विकासको ढोका खुलेको बताउनुभएको छ । महाकाली नदीमा निर्माण हुने पुलको शिलान्यास गर्न जाने क्रममा प्रधानमन्त्री देउवाले धनगढी बिमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अब पश्चिम नेपालको विकासको ढोका खुलेको बताउनुभएको हो ।

उहाँले पुल निर्माण देशकै समृद्धिका लागि महत्वपूर्ण विकास परियोजना सावित हुने दाबी समेत गर्नुभयो । भारतका औद्योगिक शहरसँग सिधा सम्पर्क कायम गर्न महाकाली नदीको पुल र सुख्खा वन्दरगाह कोषेढुंगा सावित हुने प्रधानमन्त्री देउवाको भनाई थियो । उहाँले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनसँगै प्रादेशिक र संसदीय निर्वाचनमा सबैलाइ होमिनसमेत आह्वान गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *