दक्षिण एसियामा बाढी, पहिरोको चपेटा, तीन सातामा ६ सय भन्दा बढीको मृत्यु

काठमाडौं, भदौ ४ । दक्षिण एसियाका विभिन्न मुलुकमा झण्डै तीन सातामा ६ सयभन्दा बढीको मृत्यु भएको छ । ब्यापक बर्षापछि आएको बाढी र पहिरोमा परी ती व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले लेखेका छन् । लाखौं नागरिक प्रभावित भएका छन् । बाढीको सबैभन्दा बढी प्रभाव बंगलादेशमा परेको छ । अगस्टको दोस्रो सातादेखि बाढी र पहिरो जान थालेको हो । मनसुनी वर्षाले दक्षिण एसियाको उत्तरी तथा पूर्वी भूभागमा व्यापक क्षति पु¥याएको बताइएको छ ।

अधिकारीले बाढी प्रभावित भारतीय उत्तर प्रदेशका दुई जिल्लामा सयौँ गाउँहरूमा डुवान भएको छ । भारतको बढी प्रभावित मानिएको बिहार राज्यमा डेढसय जनाभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसैगरी बङ्गलादेशमा एक सय व्यक्तिको मृत्यु भएको छ भने तीन लाखभन्दा बढी जनसङ्ख्या विस्तपित भएको छ । बाढीका कारण नेपालमा पनि ठूलो माववीय क्षति भएको छ भने लाखौँ मानिस प्रभावित भएका छन् । नेपाल, भारत, बङ्गलादेश र भारतमा बाढी तथा डुवानका कारण गम्भीर किसिमको खाद्यान्न अभाव देखिने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *