न्याय निरुपण प्रमाणका आधारमा गर्नुस् : प्रधानन्यायाधिश पराजुली

पुस ६, काठमाडौं । प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले कानुन कार्यान्वयन निकायलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएका छन् । प्रधानन्यायाधिश पराजुलीले पर्याप्त प्रमाण नपुर्याई कानुनी कार्वाही गर्ने अभिव्यक्ति कानुन कार्यान्वयन निकायको आचारसंहिता विपरित हुने भएकाले त्यसो नगर्न सचेत पनि गराए ।

विहिबार महान्यायाधिवक्ताको कार्यालय स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुसन्धानको दायरालाई फराकिलो बनाएर प्रमाणको आधारमा न्याय निरुपण गर्न पनि सरकारी वकिलहरुलाई सचेत गराए ।

कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले स्वतन्त्र न्यायालयको गरिमालाई अझ उचाईमा पुर्याएर सर्वसाधारणको न्यायमा पहुँच नपुर्याउन सरकारी वकिलहरु लाग्नुपर्नेमा जोड दिए । उनले न्याय प्रणालीलाई आगामी दिनमा अझ सक्षम र सुदृढ बनाउन सरकारी वकिलहरु सक्षम हुने विश्वास पनि व्यक्त गरे ।

मन्त्री थापाले न्याय प्रणालीलाई समुन्नत बनाउन पनि कानुन व्यवसायीहरु लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *