उत्तर प्रदेशको मुजफ्फरपुरमा रेल दुर्घटना, २३ जनाको मृत्यु, ८५ घाइते

काठमाडौं, भदौ ४ । भारत उत्तर प्रदेशको मुजफ्फरपुरमा रेल दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । घटनामा ८५ जना घाइते भएका छन् ।

मुजफ्फपुरमा चल्ने कलिग उत्कल एक्सप्रेसको रेल लिकबाट बाहिरिँदा रेलको १३ डिब्बा उछिट्टिएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

घटना लगत्तै उद्धार तीब्र पारिएकाले घाइतेलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराइएको जनाइएको छ ।

यसैबीच भारतीय रेल मन्त्री सुरेश प्रभुले राहत र उद्धारलाई तीब्रता दिइने बताउँदै घटनाबारे छानबीन गरिने जानकारी दिए । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *