मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

फर्निचर मेला काठमाडौंमा सुरु, मन्त्री विश्वकर्माले गरे उद्घाटन

काठमाडौं, भदौ ३ । स्वदेशी फर्निचर तथा फर्निसिङ्ग वस्तुहरुको प्रबद्र्धन गर्ने उद्देश्यले काठमाडौंस्थित भृकुटीमण्डपमा फर्नेस्क मेलाको आयोजना गरिएको छ ।

मेलाको शनिबार वाणिज्य मन्त्री मीन बहादुर विश्वकर्माले उद्घाटन गरे ।

नेपाल फर्निचर तथा फर्निसिङ्ग संघले आयोजना गरेको मेलामा स्वदेशीसहित भारत, पाकिस्तान, थाइल्याण्ड, मलेसिया, बेल्जियम, टर्किलगायतका देशका उत्पादन राखिएका छन् ।

मेलामा ६६ वटा स्टल राखिएको छ । मेलाको १ लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेला भदौं ७ गते सम्म सञ्चालन हुनेछ ।

प्रतिकृयाहरु
Loading...