कैलालीमा आठ सय सात कम्बल बितरण

धनगढी माघ, १ । जिल्ला प्रशासन कार्यालय कैलाली र विभिन्न समाजिक संघसंस्थाले कैलालीमा चिसो प्रभावितलाई हाल सम्म ८ सय बढि कम्बल वितरण गरेका छन् ।
जिल्ला आपतकालीन कार्यसंञ्चालन केन्द्रका अनुसार जिल्ला प्रशासन कार्यालय र विभिन्न समाजिक संघसंस्थाहरुले चिसो प्रभावितलाई राहात स्वरुप ८ सय ७ कम्बल वितरण गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले कैलारी गाँउपालिकाका विभिन्न शिविरका चिसो प्रभावितलाई ४ सय ४७ कम्बल वितरण गरेको छ भने विभिन्न मितिमा गरेर नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले टिकापुर नगरपालिकाका बाढि प्रभावित परिवार, लम्कीचुहा र गोदावरी नगरपालिकाका चिसो प्रभावितलाई १ सय ४२ कम्बल र २ सय त्रिपाल वितरण गरेको छ ।
यस्तै ७ नम्बर प्रदेश प्रहरी श्रीमती संघले लम्कीचुहा नगरपालिका १० सुतैया मुक्त शिविरका परिवारलाई १ सय ६२ कम्बल र लायन्स र लियो क्लब लम्कीले लम्कीचुहा नगरपालिका ३ बल्चौरका बादी समुदायलाई ५६ कम्बल वितरण गरेको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र कैलालीले जनाएको छ ।








