यस साता सुनको मूल्य स्थिर, चाँदीमा सामान्य कमी

काठमाडौं, भदौ ३ । उचारचढावबीच यस साता सुनको मूल्यस्थिर रह्यो भने चाँदीमा सामान्य कमी आयो ।

आईतबार तोलाको ५५ हजार ५ सयमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा ५५ हजार ५ सयमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ सस्तियो । आइतबार तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबारसम्म आइपुग्दा ७ सय ५५ मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *