इटहरी: ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इटहरी, माघ १९ । सुनसरीको इटहरी उपमहानगरपालिका–६ मा गएराति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति पौंने १० बजे ना४ख ५९१४ नम्बरको ट्रकले ठक्कर दिदा को७प ५० नम्बरका मोटरसाइकल चालक अन्दाजी ३५ बर्षीय पुरुषको मृत्यु भएको हो । उनको सनाखत हुन बाँकी रहेको स्थानीय प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाईते भएका उनको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । ट्रकसहित चालकलाई ईलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *