भारतले अदुवामा अवरोध हटायो
२०७४ जेठ १५ गते

काठमाडौं, माघ १९ । नेपाली किसानलाई मर्का पर्नेगरी भारतले अदुवा निकासीमा लगाएको अवरोध खुल्ला गरेको छ ।
भारतले विनाअवरोध अदुवा निकासी गर्न सहमति जनाएको वाणिज्य मन्त्रालयले जनाएको छ । अदुवाको अवरोध खुलेको वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले बताए । नेपाली अदुवालाई प्रवेश गर्न दिने जानकारी काँकडभित्ता भन्सार कार्यालयमा पनि आइसकेको उनले बताए ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएकै दिन अवरोध खोल्ने निर्णय भएको छ । तत्कालका लागि समस्या समाधान भए पनि अदुवा निकासीको दीर्घकालिन समस्या भने बाँकी नै रहेको मन्त्रालयले जनाएको छ । –नागरिक दैनिकबाट
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








