ल्याण्डमार्क होटल बलात्कार काण्ड : प्रहरीलाई कारवाही गर्न सिफारिस

काठमाडौं, माघ २५ । काठमाडौंको कमलादीस्थित ल्याण्डमार्क होटल एण्ड अपार्टमेन्टमा तीन साता अघि भएको सामूहिक बलात्कार घटनालाई गुपचुप बनाउन मिलापत्र गराउने प्रहरी अधिकारीहरुमाथि मुद्दा चलाउन छानविन समितिले सिफारिस गरेको छ ।

छानबिन समितिले घटनामा प्रहरीको प्रत्यक्ष संलग्नता रहेको ठहर गर्दै डिएसपी, इन्सपेक्टर र सईलाई कारवाही गर्न सिफारीस गरेको हो । बिहिबार एसपी रामदत्त जोशी नेतृत्वको छानबिन समितिले एसएसपी रबिन्द्र धानुकलाई बुझाएको छानविन प्रतिवेदनमा फौजदारी दायित्व देखिएमा उनीहरुविरुद्ध समेत मुद्दा चलाउन सिफारिस गरिएको छ ।

परिसरद्वारा जारी बिज्ञप्तिमा घटना लुकाउने र मिलापत्र गराउनेहरुलाई पनि कारबाही गर्न सिफारीस गरिएको उल्लेख छ ।

डिएसपी तिलम भारतीलाई वृत्तबाट हटाएर कडा कारबाही गर्न सिफारीस गरिएको छ । मिलापत्रमा संलग्न डिएसपी भारतीलाई वृत्तबाट हटाइएको छ भने इन्सपेक्टर लक्ष्मण सिंह ठकुरी र सई चन्द्र भण्डारी निलम्बनमा परीसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =