चितुवाको छाला सहित प्रहरी हवल्दार पक्राउ

काठमाडौं, माघ ६ । त्रिभुवन विमास्थलमा कार्यरत नेपाल प्रहरीका हवल्दार जनक महरा सहित तीनजना चितुवाको छालासहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बैतडीका महेशराम औजी, प्रहरी हवल्दार जनक महरा र बैतडीकै सुरेन्द्र दयाल रहेका छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बिहीबार उनीहरुलाई न्युरोडस्थित भुगोलपार्कबाट नियन्त्रणमा लिएको हो ।

आफु मातहतको हवल्दार जनक महरालाई महानगरीय अपराध महाशाखाले अनुसन्धानको लागि राखेको जानकारी दिएको पुष्टि गर्दै त्रिभुवन विमानस्थलका एसएसपी प्रेम चन्दले भने, ‘किन पक्राउ गरेको भन्नेबारे मलाई जानकारी छैन, तर अपराध महाशाखाले ईन्भेष्टिगेशनका लागि राखेका छौं भनेको छ ।’

बिहीबार विहान विमानस्थलको ड्युटी सकेर ‘सामान पुर्याउन जान्छु’ भन्दै महरा झोला बोकेर न्युरोडतिर लागेको थिए ।
न्युरोडस्थित भुगोलपार्कबाट उनीहरुको साथमा रहेको ठुलो कलेजी रंगको झोला भित्र रहेको पँहेलो बोरामा प्याक गरिएको अवस्थामा चितुवाको छाला फेला परेको अपराध महाशाखाले जनाएको छ ।

महाशाखाले बैतडीबाट ल्याएको उक्त बाघको छाला सहित निजहरुलाई आवश्यक कारवाहीको लागी जिल्ला बन कार्यालय काठमाडौं पठाईएको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =