बाढी पीडित किसानहरुको लागि विशेष राहत प्याकेज ल्याउने मन्त्री यादवको प्रतिबद्धता

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ ३ । कृषि विकासमन्त्री रामकृष्ण यादवले बाढी पहिरोले पुर्याएको क्षति र कृषि क्षेत्रमा दिइने राहतबारे आगामी भदौ १० गते राहत प्याकेज घोषणा गर्ने जानकारी दिएका छन् ।
काठमाडौंमा शनिबार (आज) गरिएको कार्यक्रममा मन्त्री यादवले बाढीले सबैभन्दा बढी क्षति कृषिमा पुगेकाले सरकारले राहत प्याकेज ल्याउन लागेको बताएका हुन् ।
बाढी पहिरो पीडितलाई सहयोग गर्नका लागि प्रधानमन्त्री राहत कोषमा एककरोड २० लाख रुपैयाँ जम्मा गरिने जानकारी पनि दिए । उनले बाढीबाट ८ अर्ब ६४ करोड ३४ लाखको हाराहारीमा क्षति पुगेको पनि बताए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित