बाढी पीडितलाई महानायकले के भने ? (भिडियो)

“https://www.youtube.com/watch?v=SOrUs9cXNNw

भाद्र ३, काठमाडौँ । नेपाली चलचित्रका महानायक राजेश हमालले तराई मधेसका जनताको पिडामा सम्पूर्ण नेपालीहरूले सहयोग गर्न आग्रह गरेका छन् ।

गत साउन २५ गतेदेखि आएको वर्षाले तराईका विभिन्न जिल्ला डुवानमा परी लाखौँ नेपाली विस्थापित भएको अवस्थामा महानायक हमालले मानवीय नाताले एउटा नेपालीले अर्को नेपालीलाई सहयोगको भावना देखाउनुपर्ने बताएका छन् ।

पछिल्लो समय सामाजिक क्षेत्रमा बढी सक्रिय हमालले एक भिडियो मार्फत सन्देश दिँदै दैवि प्रकोपबाट तराईका जनतामा परेको पिडामा हामी सबैले सहानुभति र सहयोग गर्नुपर्ने बताएका छन् । ‘राष्ट्रको दुखद् घडीमा एउटा नेपालीले अर्को नेपालीलाई सहयोगको भावना जागृत राख्नुपर्छ ।’ उनले भनेका छन् ।

‘जो पिडामा हुनुहुन्छ उहाँहरूलाई मात्र थाहा हुन्छ चोट कहाँ हुन्छ, उहाँहरूको घाउमा मलमपट्टी गर्ने काममा हामी सबै हातेमालो गरौँ ।’ एसियाली स्तरको नोवेल क्विज मेनिया सिजन ६ मार्फत उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *