कान्दाहारमा तालिबानको आक्रमण : कैयौँ सैनिक मारिएको आशङ्का

कान्दाहार, ११ साउन । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिबानहरुले मङ्गलबार रातभर आक्रमण गरेका स्थानीय समाचार स्रोतले जानकारी दिएका छन् । स्थानीय नागरिकलाई उद्धृतगर्दै दिइएका केही समाचारअनुसार उक्त पोष्टमा रहेका कैयौँ सैनिक मारिएको आशङ्का गरिएको छ । तर यो समाचारको स्वतन्त्र पुष्टि हुन भने सकेको छैन ।

त्यसमा परी ठूलो सङ्ख्याका सैनिक मारिएको र घाइते भएको अनुमान गरिएको कान्दाहारका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ठूलो सङ्ख्यामा आएका तालिबानहरुको रातभरको हमलामा परी कैयौँ सैनिक मारिएको अनुमान गरिएको छ तर के कतिको सङ्ख्यामा हताहत भएको हो भन्ने बारेमा भने केही आएको छैन, स्थानीय सञ्चारले बुधबार बिहान जनाएका छन् ।

उक्त सैनिक पोष्ट दुर्गम जिल्लामा पर्ने भएकोले थप अनुसन्धानका लागि सुरक्षाकर्मीहरु खटेका र केही समयपछि यसको विस्तृत बिबरण आउने अफगान गृह मन्त्रालयले जानकारी दिएको छ । रासस/ सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 10 =