अत्तरिया राजधानी माग्ने माओवादी नेता लेखराज भट्टको डोटीमा पुत्ला दहन

दिपायल, पुस २० । डोटीको दिपायललाई प्रादेशिक राजधानी बनाउनुपर्ने माग गर्दै आएका आन्दोलनकारीले माओवादी नेता लेखराज भट्टको पुत्ला जलाएका छन् । नेकपा माओवादी केन्द्रका नेता भट्टले ७ न. प्रदेशकोराजधानी अत्तरिया बनाउनुपर्ने धारण राख्दै आएका छन् ।

डोटीमा १०/१५ जना बस्नका लागि पनि ठाउँ नभएको भन्दै एक सञ्चार माध्यममा अन्तरवार्ता दिएको भन्दै भट्टका विरुद्धमा पुत्ला दहन गरिएको संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले जानकारी दिए। जिम्मेवार नेतृत्वबाट डोटीका विरुद्धमा गैर जिम्मेवारी र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै भट्टका विरुद्धमा नाराबाजी समेत गरिएको छ।

कैलालीको अत्तरिया निवासी माओवादी केन्द्रका नेता भट्ट अत्तरिया राजधानी बनाउनुपर्ने धारणा राख्दै आएका छन्।

बन्दलाई समर्थन गर्दै शैक्षिक संस्था पनि बन्द

प्रादेशिक राजधानीको माग गर्दै डोटीमा भइरहेको बन्दको समर्थनमा जिल्लाका सम्पूर्ण शैक्षिक संस्था बन्द भएका छन्। निजी तथा सामुदायिक विद्यालयका सञ्चालक, व्यवस्थापन समितिको संयुक्त बैठकले आन्दोलनको समर्थन गर्दै बिहीबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको शैलेश्वरी ऐकेडेमीका सञ्चालक अञ्जिता श्रेष्ठले जानकारी दिइन्।

बिहीबार बेलुका समीक्षा गरेर शुक्रबार बन्द गर्ने वा सञ्चालन गर्ने बारेको निर्णय गर्ने पनि बैठकले निर्णय गरेको छ। आन्दोनकारीले बिहीबार जिल्लाका सम्पूर्ण कार्यालय, यातायातका साधन पनि बन्द गरेका छन्। बिहानैदेखि प्रदेशको राजधानी माग दिपायल बनाउनुपर्ने माग गर्दै प्रर्दशन सुरु भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =