आजबाट जथाभावी बाटो काट्नेलाई जरीवाना र कारबाही

जथाभाव बाटो काट्नेलाई जरीवाना तिराउँदै ट्राफिक प्रहरी

जेठ १६, काठमाडौँ । आजबाट राजधानीमा जथाभावी बाटो काट्नेलाई प्रहरीले कारबाही गर्नेछ । जेब्रा क्रसिङ, आकाशे पुल, सब–वेको प्रयोग नगरी जथाभावी बाटो काट्नेलाई ट्राफिक प्रहरीले दुई सय रुपैंया जरीवाना गर्नेछ भने, जरीवाना तिर्न नसके ३ घण्टा प्रहरी कार्यालयमा नियन्त्रणमा राखने छ ।
आज मङ्गलवारबाट उपत्यकाभित्रका सडकमा जथाभावी बाटो काट्ने र पेटी छोडेर सडकमा हिँड्ने पैदल यात्रु २ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था लागू भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुसुदन सिलवालले बताए ।
प्रहरीले आज बिहान ८ बजेबाट सुरु गरेको यो अभियानमा ४ घण्टाका बिचमा झन्डै १४ सय जना पैदलयात्रु कारबाहीमा परिसकेको बताएको छ ।
ट्राफिक प्रहरीले विभिन्न स्थानमा प्रहरीको सहयोग लिएर जथाभावी बाटो काट्नेलाई नियन्त्रणमा लिइरहेको छ । ‘जथाभावी बाटो काट्दा पैदल यात्रु समेत दुर्घटनामा पर्ने क्रम बढेपछि दुर्घटना कम गर्नका लागि नियम ल्याइएको हो’ सिलवालले भने । यो व्यवस्था यातायात व्यवस्था ऐनलाई टेकेर लागू गरिएको हो ।
हरेक वर्ष उपत्यकामा हुने दुर्घटनामा मृत्यु हुने मध्ये ४० प्रतिशत पैदल यात्रु रहने प्रहरीको तथ्याङक छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्था विभागले आजदेखि यो व्यवस्था लागू गर्दै पैदल यात्रुलाई जेब्रा क्रसिङबाटै बाटो काट्नुपर्ने नियम लागू गरेको छ ।
जथाभावी बाटो काट्दा तिर्न रकम नहुनेलाई तीन घण्टा प्रहरी नियन्त्रणमा राखिनेछ । प्रहरी नियन्त्रणमा रहँदा ट्राफिक नियमबारे सचेतना कक्षा लिनुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 2 =