नेपाली जनसम्पर्क समिति बेलायतको प्रमुख प्रवक्तामा गुरुङले गरे दावेदारी


बेलायत, १९, अगष्ट । बेलायतमा रहेका नेपालीहरूको सङ्गठन नेपाली जनसम्पर्क समिति बेलायतको आउँदो सेप्टेम्बर १७ (असोज १) गते हुन लागेको अधिवेशनमा प्रमुख प्रवक्तामा भोज प्रसाद गुरुङले उम्मेदवारी दिने हुनु भएको छ ।

बेलायतमै रहेर भूपू ब्रिटिस आर्मीहरुलाई निःशुल्क कानुनी सहयोग उपलब्ध गराउँदै आउनु भएका भोज प्रसाद गुरुङ नेपाली काँग्रेस लण्डनको सभापति समेत हुनुहुन्छ । उहाँ नेपाल भूतपूर्व सैनिक सङ्घको निर्वाचित केन्द्रीय सदस्य, ट्रेड युनियन लेवर पार्टी ग्रेट व्रिटेन, ब्रिटिस लेजनको सदस्य हुनुहुन्छ । यसका साथै २/२ जिआरको संयोजक, एनआरएन यूकेको सल्लाहकार, एसियन सदस्य, ग्रिन विष म्यान यूकेको सदस्य तथा ग्रिनविस नेपाली भू.पू.सङ्घको प्रवक्ता समेत हुनुहुन्छ ।

नेपालमा कास्की पोखरा पुरानोधार निवासी गुरुङ सामाजिक काममा उत्तिकै सक्रिय रहनुभएको छ । उहाँ यूकेमा रहेका ब्रिटिस आर्मी तथा भूपू आर्मीको हक हितका लागि लामो समयदेखि सक्रिय हुनुहुन्छ । गुरुङले बेलायतमा रहेका सम्पूर्ण नेपालीहरूलाई एकताबद्ध बनाई उनीहरूको हकहितका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *