राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज पनि बस्दै

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन ससमिति बैठक आजपनि बस्दै छ । दुई दिनदेखि जारी राप्रपाको केन्द्रीय समिति बैठकमा संविधान संशोधन का विषयमा पुनःविचार गर्नुपर्ने विषयले प्रथामिकता पाएको छ ।
परिमार्जन सहितको संशोधनलाई समर्थन गर्ने निर्णय गरिसकेको पार्टीले संशोधनको प्रस्तावका कारण पार्टी विभाजनका क्रममा रहेकाले प्रस्तावको समर्थन गर्न नहुने बिषयमा धेरै केन्द्रीय सदस्यको धारणा रहेको नेताहरुले बताएका छन् । पार्टीको आधिकारिक निर्णय भने बैठक सकिएपछि सार्वजनिक गरिने पार्टीका नेता भुवन पाठकले जानकारी दिनुभएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित