दशौं राष्ट्रिय सूचना दिवस सन्देश मुलक कार्यक्रम गरि मनाईदै


“
काठमाडौं, भदौ ३ । आज दशौ राष्ट्रिय सूचना दिवस, सूचना लिने दिने बिषयमा सन्देश मुलक कार्यक्रम गरि मनाईदैछ । दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री शेरबहादुर देउवाले सूचनालिने, दिने संस्कृतिको प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
दिवसको अवसरमा शुभकामना सन्देश दिंदै सभामुख ओनसरी घर्तिमगरले संविधान र कानुनले प्रदान गरेको सूचनाको हकअनुसार सूचनालिन, दिननागरिक आफै पनि क्रियाशिल हुनपर्ने बताउनुभएको छ । प्रधानन्याधिस गोपाल पराजुलीले पनिशुभकामना सेन्देश दिंदै नेपालीनागरिक सार्वजनिक सरोकारका बिषयमा सूचना माग्न तथा दिन स्वतन्त्र रहेको भन्दै सूचनाको हकको स्थापित गराउन सहयोग गर्न आग्रह गर्नुभएको छ ।
यस्तै सुचनातथा सञ्चार मन्त्री मोहनबहादुरर बस्नेतले सूचनाको हकनागरिक स्तर सम्मप्रवाह गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । सूचना दिवसको अवसरमा प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा, सूचना आयुक्त िकरणकुमार पोखरेल, यशोदा तिम्सिना लगायतले पनि शुभकामना दिनुभएको छ । नेपालको संविधानको धारा २७ ले सूचनाको हकलाई प्रत्याभूत गरेको छ । यस्तै यसलाई कार्यान्वयनको लागि सूचनाको हक सम्बन्धि ऐन २०६४ जारी भएको छ ।
“
