फिनल्याण्डमा छुरा प्रहार, दुईजनाको मृत्यु

फिनल्याण्ड, भदौ ३ । फिनल्याण्डमा एक संदिग्धले पैदल यात्रुलाई जथाभावी छुरा प्रहार गर्दा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

टुर्कु सहरमा भएको सो घटनालगत्तै प्रहरीले गरेको कारवाहीमा हमलाकारीलाई गोली लागेको छ । प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिन खुट्टामा गोली हानिएको थियो ।

हमलाकारी को हुन् र उनको उद्देश्य के थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *