इन्दिरा जोशीलाई रुवाउँदै गए सुरज थापा


भाद्र २, काठमाडौँ । एपीवानले सञ्चालन गरेको रियालिटी सो नेपाल आइडलबाट सुरज थापा बाहिरिएका छन् । आज प्रशारित सोमा आफ्नो उत्कृष्ठ गायन प्रतिभा प्रस्तुत गरे पनि दर्शकको भोटिङका आधारमा सुरज बाहिरिएका हुन् ।

भर्सटायल्स गायकको सम्भावना देखाएका सुरज बाहिरिँदै उनले आफ्नो करियर सङ्गीत क्षेत्रमै बनाउने बताए । नेपाल आइडलले गाउँघरमा लुकेर रहेका प्रतिभालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सहयोग पु¥याएको र आफूले नेपाल आइडलबाट गुमाउनु भन्दा धेरै पाएको प्रतिक्रिया दिए ।

उनी बाहिरीएको निर्णय सुनेर निर्णायक गायिका इन्दिरा जोशी भावुक भएकी थिइन् । थापा नेपालगञ्ज बाँकेका हुन् । अब नेपाल आइडलमा सागर आले, बुद्ध लामा, निशान भट्टराई, सुजाता पाण्डे, प्रताप दास बाँकी रहेका छन् ।
प्रतिष्ठानको पहिलो आवाज भन्ने नाराका साथ आएको नेपाल आइडलका विजेताले नगद २० लाख १५ लाख बराबरको म्युजिक भिडियो तथा महिन्द्र एयूभी १०० प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *