बाँकेको बैजापुरमा भोली निःशूल्क स्वास्थ्य शिविर

बाँके, भदौ  २। बाढीप्रभावित बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित बैजापुरमा भोली निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्वर तीनमा रहेको सरस्वति मावि भवानीयापुरमा आयोजित स्वास्थ्य शिविरमा करिव दुई हजार स्थानीयबासीको स्वास्थ्य चेकजाँच गर्ने लक्ष्य लिइएको छ । शिविरमा स्वास्थ्य परिक्षण र औषधि निःशूल्क वितरण गरिने रेडियोका प्रबन्ध निर्देशक दामोदर भण्डारीले जानकारी दिनुभयो ।

जेष्चर्स अफ काइन्डनेस ग्रुप र नेपालगन्ज मेडिकल कलेजका मेडिकल अफिसरसहितको टोलीले स्थानीयको स्वास्थ्य जाँचसँगै औषधि वितरण गर्नेछ । खासगरी बाढी र डुवानपछि विभिन्न रोगहरुको संक्रमणले स्थानीयबासीहरु विरामी पर्न थालेपछि त्यसलाई नियन्त्रणमा राख्न शिविर आयोजना गरिएको प्रबन्ध निर्देशक भण्डारीले वताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *