महान्यायाधिवक्ता बसन्तराम भण्डारीद्धारा सपथ ग्रहण

काठमाडौं, भदौ २ । महान्यायाधिवक्ता बसन्तराम भण्डारीले पद तथा गोपनियताको सपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा भण्डारीलाई सपथ ग्रहण गराउनुभएको हो । त्यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो ।

भण्डारीलाई सरकारले गत बुधबार महान्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधान्यायाधीश गोपाल पराजुली लगायतको पनि उपस्थिति थियो । भण्डारीले आजै कार्यभार सम्हाल्नुभएको छ । पदभार सम्हाल्दै भण्डारीले आफू सधैं सर्वसाधारणको न्यायको पक्षमा उभिने प्रस्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *