मङ्सिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन

भाद्र २, काठमाडौँ । आगामी मङ्सिर ४ गते पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्ने प्रमुख तीन राजनीतिक दल र निर्वाचन आयोगबीच समझदारी भएको छ । प्रमुख तीन दल र निर्वाचन आयोगका पदाधिकारीबीच बिहीबार भएको छलफलमा यस्तो सहमति भएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए ।

आफूहरूले गरेको प्रस्ताव अनुसार मङ्सिर ४ गते हिमाली र उच्च पहाडी क्षेत्रको ३१ जिल्लामा एकै पटक प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने समझारी भएको उनले बताए ।

आयोग पदाधिकारी र प्रमुख तीन दलबीचको छलफलमा आगामी भदौ ५ गतेभित्र निर्वाचनका लागि आवश्यक कानुन ल्याइसक्ने र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पनि भदौ १५ भित्र आइसक्ने सरकारले अयोगलाई विश्वास दिलाएको छ ।

पहिलो चरणमा गर्ने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन प्रदेश अनुसार भने नहुने पनि प्रमुख निर्वाचन आयुक्त यादवले स्पष्ट गरे । यसका लागि कानुन बाधन नहुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *