तालिवानको तालीमकेन्द्र ध्वस्त, दश तालिवान मारिए

काठमाडौं, माघ २३ । अफगानीस्तानको राष्ट्रिय सैनिकले तालिबानको नियन्त्रणमा रहेको उनीहरुको तालीमकेन्द्र ध्वस्त पारिदिएको बताइएको छ । केन्द्रमा राखिएका ३० वटा बम पनि निस्क्रिय बनाएको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

अफगान राष्ट्रिय सैनिकले बादख्शान प्रान्तको वार्डोज जिल्लामा तालिाबान लक्षित कारबाही गरेको हो ।
अफगानिस्तानको पार्वान प्रान्तको प्रान्तीय राजधानी चरिकारबाट करिब ५० किलोमिटर टाढा रहेको सियागुद जिल्लामा गरिएको सुरक्षा कारबाहीमा कम्तीमा १० सशस्त्र लडाकूको मृत्यु भएको छ ।

यस कारबाहीको विषयमा तालिबान आतङ्ककारी समूहले भने कुनै टिप्पाणी गरेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =